सत्ता साझेदारी दलका शीर्ष नेताबीच छलफल हुँदै
मेरोन्यूज
२०७८ माघ २९ गते ११:२९

काठमाडौँ । सत्ता साझेदारी दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल राखिएको हो ।
छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेञ्ज कर्पोरेशन (एमसीसी), स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र एमसीसी पारित गर्न दबाब दिइरहेको छ । यसैबीच सत्तारुढ गठबन्धनमा मतभेद देखिएको छ ।
कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित पारित गर्नु पर्ने अडानमा रहेको छ । सरकारले अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित












नगद तथा गरगहनासहित एक जना पक्राउ
महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया