करेन्ट लागेर एक मजदुरको मृत्यु, अर्का एक घाइते
काठमाडौँ । सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक मजदुरको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
बागमती नगरपालिका २, धरहरामा शनिबार करेन्ट लागेर बागमती नगरपालिका ८, शंंकरपुर निवासी अन्दाजी २५ वर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । महतोलाई बचाउने क्रममा सोही स्थानका २१ वर्षीय दिपककुमार महतोसमेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बागमती २ धरहरा निवासी कुमार परियारको घरको छत ढलानका लागि डण्डी मिलाउने क्रममा सडकमा रहेको बिजुलीको पोलबाट उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल अस्पताल लैजाने क्रममा महतोको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया