शुक्रबार, पुष १८, २०८२

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेट वार्ता

मेरोन्यूज २०७८ माघ २९ गते १३:००

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटघाट जारी रहेको छ ।

पछिल्लो समयमा विकसित राजनीतिक अवस्था, स्थानीय तह निर्वाचन र एमसीसीको विषयमा छलफल गर्ने गरी उनीहरूबीच भेटघाट भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार अहिले बालुटारमा भेट वार्ता चलिरहेको छ ।

पछिल्लो समयमा विकसित राजनीतिक अवस्था र एमसीसी विषयमा छलफल हुने उनको भनाई छ ।

प्रतिक्रिया