बिहीबार, पुष १७, २०८२

प्रदर्शनकारीलाई घर जान क्यानडाका प्रधानमन्त्री ट्रुडोको आग्रह

मेरोन्यूज २०७८ माघ २९ गते १३:२१

काठमाडौँ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीलाई घर जान आग्रह गर्दै सबै कुरा वार्ताको टेबलमा भएको बताएका छन् ।

‘यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,’ ट्रूडोले भने, ‘हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्ने छन्, अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिने छ ।’

ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीविरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बताए । उनले भने, ‘संघीय सरकारले अर्थतन्त्रलाई बन्धक बनाउने र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन ।’

प्रतिक्रिया