हतियारसहित दुई भारतीय पक्राउ

नेपालगञ्ज । बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर रु तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका उनीहरुले यही माघ १७ गते बाँके खजुरा गाउँपालिका–४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट रु ५० हजार नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।
इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एक थान कटुवा पेस्तोलसहित उनीहरुलाई आज पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।














राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया