हतियारसहित दुई भारतीय पक्राउ

नेपालगञ्ज । बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्कीको घरमा राति पेस्तोल देखाएर रु तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका उनीहरुले यही माघ १७ गते बाँके खजुरा गाउँपालिका–४ डिगाउँ निवासी सुन व्यवसायी हरिप्रकाश विकको घरबाट रु ५० हजार नगद, साढे तीन तोला सुन र २२० सिसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।
इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट खटिएको प्रहरी टोलले एक थान कटुवा पेस्तोलसहित उनीहरुलाई आज पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया