बुधबार, पुष १६, २०८२

यस्तो छ आजको राशी ? तपाईंको दिन कस्तो ?

मेरोन्यूज २०७८ फागुन १ गते ६:३६

आज १ फागुन २०७८ आइतबार । तद्नुसार फेब्रुवरी १३ तारिक २०२२ । माघशुक्लपक्ष द्धादसी तिथि, बालब करण, आद्रा नक्षत्र, प्रिती योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज फागुन महिनाको पहिलो दिन अर्थात् सक्रान्ति हो । अब विस्तारै मौसम जाडोबाट गर्मी हुँदै जाने गर्दछ ।

मेष
मेष राशिका जातका लागि आजको दिन सूर्यनारायणका दर्शन निकै फलदायी हुनेछ । विहानको उदाउदो सूर्यको दर्शन र देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर उर्जा र कार्यसििद्ध हुने छ । आजको दिन व्यापार ब्यबसायबाट तपाईलाई लाभ हुनेछ । परिवारबाट साथ सहयोग प्राप्त हुनेछ ।

वृष
तपाईको लागि आजको दिन अनुकुल छ । मनमा मानसिक चिन्ता, अनसन्तुष्ठी हटेर जानेछ । तपाईको लागि यात्राको लागि अवसर आउनसक्छ । धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । तपाईको बोली र बाणीमा निकै प्रभाव पर्ने देखिन्छ ।

मिथुन
मिथुन राशिका जातकले आजको दिन शुभ रहेको छ । परिवारमा अनावश्यक विवाद हुन सक्छ । विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नु राम्रो हुनेछ । व्यापार ब्यबसायमा लाभ मिल्नेछ । आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । मनमा उत्साह र हौसला भरिने छ ।

कर्कट
आफन्त र मित्रजनबाट साथ सहयोग प्राप्त हुनेछ । दाम्पत्यजीवनमा विवाद हुनसक्छ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नसक्छ । त्यसैले आजको दिन होसियारीपूर्वक कार्य गर्नुहोला । । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ ।

सिंह
तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईको गरेको कामको प्रशसा हुनेछ । त्यसैले आफूलाई धैर्यवान राख्नका लागि उपाय गर्नुहोला ।

कन्या
कन्या राशिका जातका लागि दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आइतवार भएकाले अर्थ लाभ हुनेछ । यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अनुसन्धानको काममा लाग्नु भएको छ भने सफलता मिल्नेछ ।

तुला
तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । सन्तान र आफन्तजनबाट प्राप्त हुने सहयोगले तपाईलाई सफलता मिल्नेछ ।

वृश्चिक
ब्यापार ब्याबसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आर्थिक कारोबार गर्दा भने अलिकति विचार गर्नुहोला ।

धनु
तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुक्छ । नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

मकर
तपाइको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । रचनात्मक काम र कलाकारितामा कार्य गर्न खुसीयाली छाउने छ । तपाईले विगतदेखि गर्दै आएकोे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीअनुसार दान दिनुभयो भने गरिवलाई केही खानेकुरा दिनुभयो भने मनमा आनन्द मिल्नेछ ।

कुम्भ
विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । आजको दिन कसैसँग विवाद हुने काम र कुरा नगर्नु नैं तपाईको लागि उत्तम हुनेछ । सामाजिक काम र सकारात्मक सोच राख्नु पर्ने दिन हो आज ।

मीन
आइतबार संक्रान्ति पनि परेको छ । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । आफन्त र मित्रजनहरुको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । तपाईको समय निकै उत्तम रहेको छ । सोचअनुसारको काम अघि बढ्ने छ । विहान सूर्यनारायणको दर्शन र जल अभिषेक गर्न नभुल्नुहोला ।

प्रतिक्रिया