दुरुपयोग भएका सरकारी मोटरसाइकल प्रहरी नियन्त्रणमा
काठमाडौँ । खोटाङ प्रहरीले सार्वजनिक बिदाका दिन बिना पास चलाइएका चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबारका दिन बिना पास चलाइएका विभिन्न वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगको एक वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(५ लफ्याङ वडा कार्यालयको बा२ब ९४४८ नम्बरको मोटरसाइकल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पाचिउरीडाँडा वडा कार्यालयको बा २ ब ९३५५ नम्बरको मोटरसाइकल, केपिलासगढी गाउँपालिका ५ सप्तेश्वर वडा कार्यालयको को २ ब १३६८ नम्बरको मोटरसाइकल र लोकसेवा आयोगको कार्यालय खोटाङको प्रदेश ३–०२–००१ ब १५३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
शनिबारका दिन बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए ।
बिना पास चलाइएको अवस्थामा नियन्त्रणमा लिइएको सरकारी मोटरसाइकल अव उप्रान्त सार्वजनिक बिदाको दिन दुरुपयोग नगर्ने सर्तमा सम्बन्धित कार्यालयलाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया