कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

इटहरी। कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ ।
कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने यस अवार्ड समारोहमा कोशी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ ।
अवार्डका विधाहरूमा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, सङ्गीत, बैंकिङ, इन्स्योरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअपलगायत क्षेत्र समेटिएका छन् । कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरू, विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहनेछ ।
आयोजकका अनुसार कार्यक्रममा करिब पाँच सयभन्दा बढी विशिष्ट व्यक्ति, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमले कोशी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्र्धन गर्ने लक्ष्य राखेको निर्देशक थापाले बताउनुभयो । यसअघि फागुन ७ गतेका लागि तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भई आज आयोजना हुन लागेको हो ।
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया