एनसेलले घटायो कलको महशुल

काठमाडौँ । एनसेलका ग्राहकले अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक १.६२ बनाएको हो ।
कम्पनीले १.९९ प्रति मिनेटबाट घटाएर करबाहेक प्रति मिनेट १.६२ कायम गरेको जनाएको छ । प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।
यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) गतेदेखि लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले स्टार १९१०७ ह्याच डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्छन् ।
नयाँ महशुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँद छ । आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मूल्य प्रदान गर्न सदा प्रयासरत रहेको कम्पनीले जनाएको छ । नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागु हुने छ ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
प्रतिक्रिया