एनसेलले घटायो कलको महशुल

काठमाडौँ । एनसेलका ग्राहकले अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक १.६२ बनाएको हो ।
कम्पनीले १.९९ प्रति मिनेटबाट घटाएर करबाहेक प्रति मिनेट १.६२ कायम गरेको जनाएको छ । प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।
यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) गतेदेखि लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले स्टार १९१०७ ह्याच डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्छन् ।
नयाँ महशुल दरले ग्राहकलाई मेन ब्यालेन्सबाट अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँद छ । आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मूल्य प्रदान गर्न सदा प्रयासरत रहेको कम्पनीले जनाएको छ । नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागु हुने छ ।














सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया