बिहीबार, पुष १७, २०८२

कमल थापा बने राप्रपा नेपालका अध्यक्ष

मेरोन्यूज २०७८ फागुन १ गते १३:५७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएका कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका उनलाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले बताए । ‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ, आयोगले पत्र पनि दिइसकेको छ, आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनु भएको छ,’ शेर्पाले भने ।

केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिक्रिया