सर्वाेच्चकाे अन्तरिम आदेश:आनन्द होटल सञ्चालनमा बाधा नगर्नु

काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्रको धर्मशालामा सञ्चालन भइरहेको होटल आनन्दलाई कुनै बाधा नगर्न पशुपति क्षेत्र विकास कोषका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश जारी नहुन्जेलसम्म २०७६ वैशाख ३० गतेको सम्झौता वमोजिम होटल आनन्दलाई काममा अवरोध नगर्न भनेको हो ।
‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म २०७६ वैशाख ३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा।लि।को सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ,’ उच्च अदालत पाटनले जारी गरेको अल्पकालीन आदेशमा भनिएको छ ।
बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौता अनुसार होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै केही दिनअघि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेको थियो । त्यसपछि बतास समूह उच्च अदालत पाटन पुगेको थियो ।












Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया