शुक्रबार, फागुन २२, २०८२

राजनीतिक उतारचढावसँगै शेयर बजारमा भारी गिरावट

मेरोन्यूज २०७८ फागुन १ गते १७:३४

काठमाडौँ । राजनीतिक उचारचढावसँगै साताको पहिलो दिन नै शेयर बजारमा भारी गिरावट आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता तथा बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन लगायतका कारण आइतबार शेयरबजारमा गिरावट आएको हो ।

आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५.६२ अङ्कले घटेर ५११.६६ मा आएको छ ।

आजको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार माथिल्लो तामाकोसी कम्पनी ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार गरी शीर्षस्थानमा रह्यो भने अरुणभ्याली हाइड्रोपावर रु २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक रु २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर रु २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको रु २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ व्टा कम्पनीका शेयरमूल्य घटेका छन् ।

प्रतिक्रिया