सत्ता गठबन्धनको प्रमुख घटक नै एमसीसीविरुद्ध सडकमा

काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने तयारी गरिरहँदा सत्त गठबन्धनको प्रमुख घटक नेकपा (एकीकृत समाजवादी) एमसीसीविरुद्ध सडकमा उत्रिएको छ ।
एकीकृत समाजवादी निकट युवा संगठनले देशका विभिन्न ठाउँमा एमसीसीविरुद्ध प्रदर्शन गरिरहँदा माउ पार्टी एकीकृत समाजवादीले नै आइतबार रुपन्देहीको बुटवलमा प्रदर्शन गरेको छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुले एमसीसी खारेजीको माग गर्दै आइतबार बुटवलमा प्रदर्शन गरेका हुन् ।
एकीकृत समाजवादी रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा कार्यकर्ताहरुले एमसीसी खारेज गरौं, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विरोध प्रदर्शनपछिको कोणसभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया