नेपालगञ्जबाट बुटवल जाँदै गरेको बसमा आगलागी
मेरोन्यूज
२०७८ फागुन १ गते २१:०६

कपिलवस्तु । नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ ।
भे १ ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।
बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए ।
बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए ।
सम्बन्धित














राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई ईभी क्याब र ई-स्कुटर प्रदान
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया