उपचार गर्न साढे ४ लाख आर्थिक सहयोग
काठमाडौँ । अर्थ अभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहेका गलकोट नगरपालिका ७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ ।
उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई थप उपचारका लागि शाखाले चार लाख ५८ हजार ६५१ प्रदान गरेको हो ।
संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिए । अर्थ अभावका कारण परियार उपचारबाट वञ्चित हुनु पर्ने स्थिति आएपछि शाखाको पहलमा जापानमा रहेका गलकोटेले स्वतःस्फुर्त रकम जुटाएर नेपाल पठाएको उनको भनाइ छ ।
कूल ११० सहयोगदाताबाट रकम संकल भएको थियो । न्यून आए भएको परिवारको सदस्यको उपचारमा समस्या निम्तिएपछि मानवीय सेवाभाव राखेर आर्थिक सहयोग अभियान चलाइएको शाखाका सचिव तुलवीर थापाले बताए । उनका अनुसार गाउँठाउँमा अप्ठेरो पर्दा शाखाले अघिपछि पनि यस किसिमका सहायता प्रदान गर्दै आएको छ ।
गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपको नेपालका विभिन्न सहरदेखि भारत, जापानलगायतका देशमा शाखा छन् । विसं २०४१ खुलेको उक्त संस्था सामाजिक र मानवीय सेवाका क्षेत्रमा क्रियाशील छ ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया