आज तपाईंको राशीफलले के भन्छ ? हेर्नुहोस्

आज २ फागुन २०७८ सोमबार । तदनुसार फेब्रुवरी महिनाको १४ तारिक २०२२ । माघशुक्लपक्ष त्रयोदशी तिथि, ९सोमप्रदोषव्रत० पुनर्वसु नक्षत्र, आयुष्मान योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।
मेष
आज मेष राशिका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेष राशि भएका व्यक्तिका लागि मौन रहेर आफनो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु शुभ हुनेछ ।
वृष
आफन्तजनसँगको मित्र भावका कारण साथ सहयोग मिल्नेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम रहेको छ । तपाईको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ ।
मिथुन
आज मिथुन राशि भएका व्यक्तिका लागि आज शुभ रहेको छ । त्यसैले तपाईंको प्रस्तुतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईंको उन्नती र प्रगतिको ढोका खुल्नसक्छ ।
कर्कट
आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनुभयो भने दिन सफल हुनेछ । किनकी चन्द्रमा कर्कट राशिमा रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ । नयाँ काम गर्न समेत उत्साह हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
सिंह
सिंह राशि भएका जातकका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईंको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुलता हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन आफनो नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा तपाईंका लागि राम्रो हुनेछ ।
कन्या
व्यापार व्यवसायमा लागेका कन्या राशिका जातक हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिन्नेछ । सन्तानबाट सुख, मीठो भोजन प्रतिका लागि निम्तो, स्त्रीबाट साथ सहयोग समेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने तपाईको मनमा प्रशन्नता बृद्धि हुनेछ ।
तुला
आकस्मिक मानसम्मान र अवसरको प्राप्ति हुनेछ । तपाईंले गर्दै आउनुभएको कामको सम्मान र घर परिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। यदी सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्दहरु प्राप्त हुनसक्छन् ।
वृश्चिक
यात्राको लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्राको लागि समेत जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईंको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । यदी तपाईं यात्रामा रमाउनु हुन्छ भने आजको दिन वृश्चिक राशि जातकको लागि दिन उत्तम छ । टाभल्स, ट्रेकिङ्ग व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।
धनु
धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्न सकिदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।
मकर
दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापार व्यवसायबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामानहरु लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।
कुम्भ
मनमा उल्लाहस रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने संभावना प्रवल छ । तपाईंमाथि नकारात्मक सोच राख्ने शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ । मौन रहनु उत्तम हुनेछ ।
मीन
आजको दिन मीन राशि भएका जातकका लागि व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन बहकिन सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया