एमाले उपमहासचिवको टिप्पणी : गठबन्धनले एमालेमाथि ढुंगा हान्यो

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धन’लाई ‘ठगबन्धन’को संज्ञा दिएका छन् ।
‘गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ, ढुंगा सर्वोच्चमा बज्रिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भनिन्छ नि फर इन एभ्रि एक्सन, दियर इज आयन इक्वेल एण्ड अपोजिट रियाक्सन, हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ?’
त्यस्तै, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीश जबराविरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्ततः सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही नहुने टिप्पणी गरेका छन् ।
‘जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहाँको पार्टीलाई महँगो सावित भएको थियो, ढुक्क भए हुन्छ, यसपटक प्रधानन्यायाधीश राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया