शुक्रबार, फागुन २२, २०८२

‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी गर्न मिल्ने

मेरोन्यूज २०७८ फागुन २ गते ११:२७

काठमाडौँ । काठमाडौँबासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’को बिल भुक्तानी अनलाइनबाट गर्न मिल्ने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिल भुक्तानीमा कार्यालय धाउनु पर्ने तथा ढिला हुने समस्याका कारण समस्यामा परेका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको हो । यस सेवाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘काठमाडौँ उपत्यका खाने पानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौदेखि पर्खी आएका छन्, यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा उत्साहित छौँ ।’

‘खल्ती’बाट काठमाडौँ उपत्यका खाने पानीको भुक्तानी गर्नका निम्ति ०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्नु पर्ने छ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने छ ।

यसका साथै खल्तीबाट मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्गलगायत सेवा लिन सकिने छ ।

प्रतिक्रिया