जेसिबीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०७८ फागुन २ गते ११:३१
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका ८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका ९ घर भएका २३ बर्षीय धन बहादुर चौधरी रहेका छन् । उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया