शुक्रबार, पुष १८, २०८२

करिब ६९ केजी गाँजासहित तीन जना पक्राउ

मेरोन्यूज २०७८ फागुन २ गते १२:५६

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका ४ बाट करिब ३६ केजी ८७० ग्राम अवैध लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका १ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका ७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।

प्रतिक्रिया