पर्यटकको पर्खाइमा बराह ताल

काठमाडौँ । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो ।
अंग्रेजी ‘यु’ आकारमा फैलिएको बराह ताल पर्यटकको पखाईमा छ । घना जंगष्लको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले समेत भरिपूर्ण छ ।
ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका २ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।
बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरु योजना बनाएर संरक्षण र प्रवद्र्धन गर्न थालेको छ । धार्मिक महत्वसँग जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन ।
भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपुगेकाले बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ ।
विस्तारै तालको संरक्षण र प्रचारप्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला २ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए ।
‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीयस्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौँ, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ,’ छन्त्यालले भने, ‘प्राकृतिक रुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ, वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।’
गण्डकी प्रदेश सरकारको १० लाख बजेटमा ताललाई काँडेतारले बारेको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
‘गाउँपालिकाको गुरुयोजनामा बराह तालका विषयमा समावेश गरेर पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान छ, हामी आइसकेपछि केही काम भएका छन्,’ अध्यक्ष बुढा मगरले भने, ‘पर्यटक लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रवद्र्धनात्मक कामसमेत गर्दै आएको छ पर्यटकको पर्खाइमा रहेको बराह तालमा कुनै दिन खचाखच पर्यटक भित्रिनेछन् ।’
धार्मिक महत्व बोकेको ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडकको पहुँच पुर्याउन आवश्यक रहेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए । खोलसबाङबाट पदमार्ग व्यवस्थित र भयरबोङ्गाबाट सडक पुर्याउन सके पर्यटक लैजान सहज हुने छन्त्यालको भनाई छ ।
‘यो तालको मनमोह रुप र धार्मिक महत्व हामीले बुझाउन सकेनौँ, अहिले केही पालिका र स्थानीयको सक्रियतामा संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ,’ छन्त्यालले भने, ‘बागलुङकै आकर्षक तालका रुपमा रहेको बराहलाई चिनाएर पर्यटक भित्र्याउनु हाम्रो मुख्य योजना छ ।’
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया