पर्यटकको पर्खाइमा बराह ताल

काठमाडौँ । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउमा बराह ताल निकै मनमोहक देखिएको थियो ।
अंग्रेजी ‘यु’ आकारमा फैलिएको बराह ताल पर्यटकको पखाईमा छ । घना जंगष्लको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले समेत भरिपूर्ण छ ।
ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचारप्रसारका कारण त्यति चर्चामा आउन सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका २ मुठाचौरमा रहेको सो ताल पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन भने थालेको छ ।
बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरु योजना बनाएर संरक्षण र प्रवद्र्धन गर्न थालेको छ । धार्मिक महत्वसँग जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन ।
भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपुगेकाले बराह ताल पर्यटकको आकर्षक क्षेत्र भएर पनि ओझेलमा पर्दै आएका स्थानीयको गुनासो रहेको छ ।
विस्तारै तालको संरक्षण र प्रचारप्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला २ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए ।
‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीयस्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौँ, अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ,’ छन्त्यालले भने, ‘प्राकृतिक रुपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ, वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।’
गण्डकी प्रदेश सरकारको १० लाख बजेटमा ताललाई काँडेतारले बारेको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।
‘गाउँपालिकाको गुरुयोजनामा बराह तालका विषयमा समावेश गरेर पर्यटकीय केन्द्र बनाउने हाम्रो अभियान छ, हामी आइसकेपछि केही काम भएका छन्,’ अध्यक्ष बुढा मगरले भने, ‘पर्यटक लोभ्याउने बराह तालमा पर्यटक ल्याउन गाउँपालिकाले विभिन्न प्रवद्र्धनात्मक कामसमेत गर्दै आएको छ पर्यटकको पर्खाइमा रहेको बराह तालमा कुनै दिन खचाखच पर्यटक भित्रिनेछन् ।’
धार्मिक महत्व बोकेको ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सडकको पहुँच पुर्याउन आवश्यक रहेको स्थानीय ढालेन्द्र छन्त्यालले बताए । खोलसबाङबाट पदमार्ग व्यवस्थित र भयरबोङ्गाबाट सडक पुर्याउन सके पर्यटक लैजान सहज हुने छन्त्यालको भनाई छ ।
‘यो तालको मनमोह रुप र धार्मिक महत्व हामीले बुझाउन सकेनौँ, अहिले केही पालिका र स्थानीयको सक्रियतामा संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ,’ छन्त्यालले भने, ‘बागलुङकै आकर्षक तालका रुपमा रहेको बराहलाई चिनाएर पर्यटक भित्र्याउनु हाम्रो मुख्य योजना छ ।’













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया