मंगलबार, वैशाख २२, २०८३

एमसीसी अब संसदवाट पारित हुन्छ : पौडेल

मेरोन्यूज २०७८ फागुन २ गते १४:५८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले अमेरिकी अनुदान सम्झौता एमसीसी अब संसदमा जाने बताएका छन् । संसदले नै अव यस विषयमा निर्णय लिने उनले वताएका छन् ।

Advertisement
NiccNicc

सोमबार काठमाडौंको बसुन्धरास्थित दियालो फुडल्यान्डमा सोमबार तनहुँको भानु साहित्यिक उद्यान समितिले आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनमा रहेका कुनै पनि दलले अव यस विषयमा अन्यौलता पालिरहनुपर्ने अवस्था नरहेको भन्दै पौडेलले एमसीसी संसदमा अव जाने र पारित हुने जिकिर गरे ।

अर्काे एक प्रसंगमा नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चाहेअनुरुप नै उनको विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको बताए ।

‘प्रधानन्यायाधीश आफैँले उपयुक्त निकास दिन्छु भन्नुभएको थियो। मैले उहाँलाई त्यो बेला नै छिटो निकास दिँदा राम्रो हुन्छ भनेको थिएँ’, नेता पौडेलले भने, ‘तर, उहाँले निकास दिन चाहनुभएन। त्यो भनेको मलाई महाभियोग लगाऊ भन्नु हो। यसकारण उहाँको चाहनाअनुसार नै महाभियोग दर्ता भएको हो।’

प्रतिक्रिया