कांग्रेस सांसदलाई नेता महतको आग्रह : पहिला भ्रम चिर्नुहोस्
मेरोन्यूज
२०७८ फागुन ३ गते ११:२७

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे कांग्रेस सांसदहरूलाई ब्रिफिङ गरेका छन् । यस क्रममा उनले एमसीसीविरुद्धका भ्रम चिर्न आग्रह गरेका थिए ।
आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको उल्लेख गरेका थिए ।
जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको बताउँदै उनले भ्रमहरू चिर्न आवश्यक रहेको बताए । एमसीसीको पक्षमा आफ्नो भनाई राख्दै आएको उनी सांसद भने होइन ।
सरकारले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीको प्रस्ताव पेश गर्ने तयारी गरेको छ । तर सत्ता साझेदारी दलहरू नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीविरद्ध गर्दै आएको विरोध मौन अवस्थामा पुगेको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया