कांग्रेस सांसदलाई नेता महतको आग्रह : पहिला भ्रम चिर्नुहोस्
मेरोन्यूज
२०७८ फागुन ३ गते ११:२७

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे कांग्रेस सांसदहरूलाई ब्रिफिङ गरेका छन् । यस क्रममा उनले एमसीसीविरुद्धका भ्रम चिर्न आग्रह गरेका थिए ।
आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको उल्लेख गरेका थिए ।
जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको बताउँदै उनले भ्रमहरू चिर्न आवश्यक रहेको बताए । एमसीसीको पक्षमा आफ्नो भनाई राख्दै आएको उनी सांसद भने होइन ।
सरकारले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीको प्रस्ताव पेश गर्ने तयारी गरेको छ । तर सत्ता साझेदारी दलहरू नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीविरद्ध गर्दै आएको विरोध मौन अवस्थामा पुगेको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया