मंगलबार, वैशाख २२, २०८३

गगन थापाले भने- एमसीसी संसदमा पुर्‍याउने नेताहरू भाग्न मिल्दैन (भिडियाेसहित)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट पारित हुनु पर्ने बताएका छन् । संसद भवनमा आज बसेको पार्टीको संसदीय दलको बैठकपछि पत्रकारसँग बोल्दै उनले एमसीसी पारित गर्नु पर्ने बताएका हुन् ।

Advertisement
NiccNicc

महामन्त्री थापाले संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै एमसीसी अनुमोदन गर्नेबारे केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुनु पर्ने बताएका हुन् । एमसीसी तत्कालीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसदमा पेस गरेको बताउँदै सबै राजनीतिक दल सहभागी हुनु पर्ने बताएका थिए ।

‘२०७५ साल माघ २५ गते नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी संसदबाट अनुमोदन गराउने र दातृ निकायलाई त्यसबारे जानकारी गराउने निर्णय गरेको रहेछ,’ उनले भने, ‘सोहीअनुसार एमसीसी सम्झौता २०७६ असार ३० गते संसदमा दर्ता भएको देखिन्छ, कांग्रेसले प्रतिपक्षमा हुँदै २०७६ मा एमसीसी सम्झौता संसदमा टेबुल हुनुपर्ने निर्णय गरेको सन्दर्भलाई समेत स्मरण गरी अबको संसद बैठकमा सो सम्झौता टेबुल हुनु पर्छ ।’

उनले एमसीसीलाई संसदमा पुर्‍याउने नेता तथा राजनैतिक दलहरू भाग्न नमिल्ने बताए ।

प्रतिक्रिया