मंगलबार, वैशाख २२, २०८३

माओवादीले बोलायो संसदीय दलको बैठक

मेरोन्यूज २०७८ फागुन ३ गते १५:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले अवको संसद बैठकमै एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा सरकारको तर्फबाट प्रस्ताव पेश गर्ने भएपछि माओवादीले त्यससम्वन्धमा छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाएको हो ।

Advertisement
NiccNicc

बैठक भोलि बुधबार बिहान बस्ने छ ।

माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङ अनुसार सांसद बैठकअघि संसदीय दलको बैठक बस्ने छ । ‘समसामयिक विषयमा दलको बैठकमा छलफल हुनेछ,’ गुरुङले भने ।

प्रधानमन्यायाधीस चोलेन्द्र शम्शेर जवरा विरुद्ध सत्ता गठबन्धनका तीन दलका सांसदहरुले आइतबार महाअभियोग प्रस्ताव पनि दर्ता गराएका थिए । त्यस विषयमा पनि दलको बैठकमा छलफल हुनेछ ।

कांग्रेसले मंगलबार यस सम्वन्धमा छलफल गरेको थियो । एमालेले पनि सोमबार दलको बैठक बोलाएर यससम्वन्धमा छलफल गरेको थियो ।

प्रतिक्रिया