फागुन २० देखि कांग्रेसको निर्वाचन केन्द्रित अभियान सञ्चालन

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टीको निर्णय पत्रकारहरुमाझ सार्वजनिक गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसलाई केन्द्रित गरेर संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरिएको बताए ।
सो अभियान यही फागुन २० गतेदेखि चैत्र २० गतेसम्म संचालन हुनेछ । घरघर जाऔं, काँग्रेस जिताऔं भन्ने मूल नाराका साथ संचालन हुने सो अभियानले पार्टीलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन भूमिका खेल्ने पनि प्रवक्ता महतले बताए ।
त्यसैगरी, बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समिति अविलम्ब गठन गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया