खेलकुद क्षेत्रमा बजेट बढाउन मन्त्रीले गुहारे संसदीय समिति

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रमा बजेट बढाउन भन्दै संसदीय समितिलाई गुहारेका छन् ।
पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार समितिको बैठकमा बोल्दै मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गरे ।
बैठकमा उनले खेलकुद क्षेत्र उत्पादनमूलक क्षेत्र भएको र त्यसमा लगानी बढाउनुपर्छ भन्ने मान्यता राज्यमा विकास गराउन पनि सम्बन्धित सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
मन्त्री गहतराजले बजेट अभावकै कारण खेलाडीहरुको मनोबल उच्च बढाउन र खेलकुद क्षेत्रको पूर्वाधार विकासका कामहरु अघि बढाउन नसकिएको पनि स्पष्ट पारे ।
उनले अदालतका अल्पकालिन आदेशका कारण पनि खेलकुद क्षेत्रको, युवाहरुलाई सशक्तिकरण गर्ने कार्यक्रमहरु अघि बढाउन समस्या भईरहेको स्मरण गराए ।
मन्त्री गहतराजले खेलकुद क्षेत्रको राम्रो प्रतिफल लिनका लागि त्यसमा लगानी बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहो¥याए ।
बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुद क्षेत्रको गतिविधिलाई चलायमान हुने गरी आवश्यक ऐनहरु संशोधनको कामलाई अघि बढाइएकोसमितिलाई जानकारी गराए ।
उनले सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण राष्ट्रिय खेलकुद परिषदलगायतका निकायहरुको काम प्रभावित भइरहेको बताए ।
सचिव रेग्मीले खेलाडीहरुको मनोबल बढाउन र युवाहरुलाई सशक्तिकरण गरेर राष्ट्र निर्माणमा लगाउने खालका काम बजेटको अभावमा प्रभावकारी हुन नसकेको बताए ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया