राप्रपाको महिला र विद्यार्थी संगठन कमल थापाको पार्टीमा समाहित

काठमाडौं । राप्रपाबाट अलग भई राप्रपा नेपालको नेतृत्व लिएका कमल थापाले आफ्नो पक्षका नेता कार्यकर्तालाई आफूतिर तान्ने प्रयास थालेका छन् ।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तथा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ ।
संगठनका अध्यक्षसहित सिङ्गो कमिटी राप्रपा नेपालमा समाहित भएको दाबी गरिएको छ ।
महिला संगठनको केन्द्रीय कार्य समितिको बैठकबाट सिंगो संगठन राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको संगठनकी अध्यक्ष ममता राईले बताइन् ।
यस्तै, राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको कार्यबाहक अध्यक्ष शशी भण्डारीसहितको समूह पनि राप्रपा नेपालमा प्रवेश गरेको छ ।
यसअघि राप्रपा निकट पूर्वप्रहरी परिषद पनि थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भएको थियो ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया