राप्रपाको महिला र विद्यार्थी संगठन कमल थापाको पार्टीमा समाहित

काठमाडौं । राप्रपाबाट अलग भई राप्रपा नेपालको नेतृत्व लिएका कमल थापाले आफ्नो पक्षका नेता कार्यकर्तालाई आफूतिर तान्ने प्रयास थालेका छन् ।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तथा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ ।
संगठनका अध्यक्षसहित सिङ्गो कमिटी राप्रपा नेपालमा समाहित भएको दाबी गरिएको छ ।
महिला संगठनको केन्द्रीय कार्य समितिको बैठकबाट सिंगो संगठन राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको संगठनकी अध्यक्ष ममता राईले बताइन् ।
यस्तै, राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको कार्यबाहक अध्यक्ष शशी भण्डारीसहितको समूह पनि राप्रपा नेपालमा प्रवेश गरेको छ ।
यसअघि राप्रपा निकट पूर्वप्रहरी परिषद पनि थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भएको थियो ।
















उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया