माओवादी संसदीय दलको बैठक सिंहदरवारमा बस्दै

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने कार्यक्रम रहेको छ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रधानमन्त्रीले एमसीसी सम्झौता सदनमा अगाडी बढाउन खोजेपछि माओवादीले यस विषयमा सासदहरुसँगको छलफलका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा आज बस्ने संसद बैठकमा आफ्ना सांसदले खेल्ने भूमिकाबारे छलफल हुने गुरूङले बताए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउने छन्।
यस अगाडी केन्द्रीय कार्यालयको मंगलबार अध्यक्ष प्रचण्ड निवासमा बसेको अनौपचारिक बैठकमा भएका छलफलहरुको बारेमा पनि अध्यक्षले जानकारी गराउनेछन् । माओवादी केन्द्रले संसदमा जारी अवरोध नहटाई र राष्ट्रिय सहमति नभई एमसीसी अघि नबढाउन भनिरहेको छ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया