शनिबार, पुष १९, २०८२

माओवादी पनि सडकमा, एमसिसीको विरोधमा भातृसंगठनले संसद भवन घेर्ने

मेरोन्यूज २०७८ फागुन ४ गते ८:३७

काठमाडौं । सरकारमा रहेको माओवादी केन्द्र पनि सडक संघर्षमा उत्रन लागेको छ । यथास्थितिमा एमसिसी टेबल गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले पार्टी निकट संगठनलाई सडकमा विरोधमा उतार्न लागेको हो । युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संसद भवन घेराउ गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसिसी प्रवेश गराउने प्रयासको छनक देखिएपछि माओवादीका दुई भातृ संगठनले संसद भवन घेराउको कार्यक्रम राखेका हुन् ।

बिहान ११ बजे बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट संसद भवन घेराउ गर्न लागेको माओवादी नेता हिमाल शर्माले बताएका छन् ।

प्रतिक्रिया