सोमबार, माघ ५, २०८२

कस्तो छ आजको मौसम ?

मेरोन्यूज २०७८ फागुन ५ गते ६:५६

काठमाडौँ । हाल देशमा पश्चिम न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा सम्भावना छ ।

उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा मौसम सामान्य रहने छ ।

शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया