दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

काठमाडौँ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालय स्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।
फाउण्डेशनद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालय स्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।
मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिक रुपमा ३० लाख सहयोग गर्ने जानकारी दिए । उनले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा संयुक्त अधिराज्य अमेरिका र ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताए ।
फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए । उनले आफूले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रिय स्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिए ।
संयुक्त अधिराज्यका तेस्रो तहका क्रिकेटका प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया