देउवा–प्रचण्ड भेट, आ–आफ्नै अडान कायम
मेरोन्यूज
२०७८ फागुन ५ गते १०:२९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेट वार्ता भएको हो ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे निर्णय लिन आज दिउँसो बस्ने सत्तारुढ गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता भएको हो । आज दिउँसो सत्ता गठबन्ध दलहरूबीच छलफल हुने भएको हो ।
भेटमा दुई नेता आ–आफ्नो अडान कायम राखेकाले सहमति हुन सकेन । गठबन्धनको बैठक बस्नुअघि सहमति जुटाउन आज दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक साँझ ५ बजे सारिएको छ ।
प्रधानमन्त्रीले जबरजस्ती एमसीसी संसदमा पेश गरे सरकारबाट बाहिरिने माओवादीले बताउँदै आएको छ ।
सम्बन्धित












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया