विवाह समारोहमा इनारमा खसेर १३ जनाको मृत्यु
काठमाडौँ । भारतमा एउटा विवाह समारोहमा एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी छन् ।
उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुःखद घटना भएको हो । अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किँदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए ।
डुबेकालाई उद्दार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई तत्काल मृत घोषणा गरेको थियो । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरनमा अस्पताल पुगेका थिए । ‘इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।
करिब १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई हृयविदारक भन्दै घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया