बुधबार, वैशाख २३, २०८३

एमसीसी पारित गर्ने निर्णय भइसक्यो, कांग्रेस आफ्नो दायित्वबाट भाग्दैन

मेरोन्यूज २०७८ फागुन ५ गते १२:२३

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरदेखि महामन्त्री गगन थापासम्मले एमसीसीका विषयमा आफ्नो धारणा प्रष्ट पारेका छन् ।

Advertisement
NiccNicc

बिहिबार काठमाडौंमा कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा देउवाले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।

देउवाले भने,‘एमसीसी पारित गर्न हामी लागेका छौं। पारित गर्न पार्टीले निर्णय गरिसकेको छ ।’ उनले नेपालमा जति पनि परिवर्तन भए ती सबै कांग्रेसकै कारण भएको बताए ।

उनले भने,‘पार्टीको प्रचार पुगेको छैन। भएका कामको चर्चा भएको छैन। जुन जति परिवर्तन भए त्यो कांग्रेसकै कारण भएको हो।’

महामन्त्री थापाले कसले के भन्यो भन्दा पनि कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन नहुने बताए।

प्रतिक्रिया