प्रचण्ड र माधवको छलफलमा थपिए जसपा नेता राजेन्द्र श्रेष्ठ

काठमाडौं । सत्ता गठबन्धन दलको बालुवाटार बैठक अगाडी सरकारमै रहेका अन्य तीन घटकका मुख्य नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठवीचमा भेटवार्ता जारी छ ।
छलफल माओवादी संसदीय दलको कार्यालयमा भईरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव सिराहमा रहेका कारण उनी बैठकमा सहभागी छैनन । उनको अनुपस्थितीमा जसपा नेता तथा सामान्य प्रशासन मन्त्री समेत रहेका राजेन्द्र श्रेष्ठ प्रचण्ड माधव नेपाल सहितको छलफलमा सहभागी हुन माओवादी दलको कार्यालयमा पुगेका हुन् ।
जसपामा संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराइृ एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।
जसपामा भटटराई र यादव समुहका वीचमा अहिले विवाद छ । सोहीकारण पनि माओवादी र एकीकृत समाजवादीसँगको छलफलमा जसपाबाट मन्त्री श्रेष्ठ उपेन्द्र यादवको प्रतिनिधित्व गदै पुगेका हुन् ।
सत्ता गठबन्धनमै रहेको अर्को दल राष्टिय जनमोर्चा पहिले देखि नै एमसीसीको विरोधमा छ । ५ दलीय सत्ता गठबन्धनमा ४ दल मिलेर कांग्रेसलाई एक्लाउने र सकभर सहमति का लागि एमसीसी अहिले चुनाव पछाडी अनुमोदनका लागि लैजान दवाव बढाउने रणनीतिमा उनीहरु छन् । तर प्रधानमन्त्री देउवा यसमा मान्ने पक्षमा छैनन ।













सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया