प्रचण्ड र माधवको छलफलमा थपिए जसपा नेता राजेन्द्र श्रेष्ठ

काठमाडौं । सत्ता गठबन्धन दलको बालुवाटार बैठक अगाडी सरकारमै रहेका अन्य तीन घटकका मुख्य नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठवीचमा भेटवार्ता जारी छ ।
छलफल माओवादी संसदीय दलको कार्यालयमा भईरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव सिराहमा रहेका कारण उनी बैठकमा सहभागी छैनन । उनको अनुपस्थितीमा जसपा नेता तथा सामान्य प्रशासन मन्त्री समेत रहेका राजेन्द्र श्रेष्ठ प्रचण्ड माधव नेपाल सहितको छलफलमा सहभागी हुन माओवादी दलको कार्यालयमा पुगेका हुन् ।
जसपामा संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराइृ एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।
जसपामा भटटराई र यादव समुहका वीचमा अहिले विवाद छ । सोहीकारण पनि माओवादी र एकीकृत समाजवादीसँगको छलफलमा जसपाबाट मन्त्री श्रेष्ठ उपेन्द्र यादवको प्रतिनिधित्व गदै पुगेका हुन् ।
सत्ता गठबन्धनमै रहेको अर्को दल राष्टिय जनमोर्चा पहिले देखि नै एमसीसीको विरोधमा छ । ५ दलीय सत्ता गठबन्धनमा ४ दल मिलेर कांग्रेसलाई एक्लाउने र सकभर सहमति का लागि एमसीसी अहिले चुनाव पछाडी अनुमोदनका लागि लैजान दवाव बढाउने रणनीतिमा उनीहरु छन् । तर प्रधानमन्त्री देउवा यसमा मान्ने पक्षमा छैनन ।















प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया