कालिकोटमा १८ हजार मतदाता थपिए

काठमाडौँ । कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता संख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कालिकोटको मतदाता संख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता संख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरिनाथ गाउँपालिका र सबैभन्दा कम महावै गाउँपालिकामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नरहरिनाथ गाउँपालिकाको मतदाता संख्या १२ हजार ८१७ र महावै गाउँपालिकाको पाँच हजार ५४८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुुर मल्लले जानकारी दिए । कार्यालय प्रमुख मल्लका अनुसार खाँडाचक्र नगरपालिकामा ११ हजार ५७७, रास्कोट नगरपालिकामा १० हजार ५३६ र तिलागुफा नगरपालिकामा १० हजार २६ मतदाता रहेका छन् ।
त्यस्तै, पलाँता गाउँपालिकामा आठ हजार १७७, पचालझरना गाउँपालिकामा सात हजार ५०४, शुभकालिका गाउँपालिका नौ हजार २८ र सान्नी त्रिवेणी गाउँपालिकामा सात हजार १९३ मतदाताको संख्या रहेको निर्वाचन कार्यालय प्रमुख मल्लले जानकारी दिए । ८३ हजार ७६ मतदाता संख्यामध्ये ४३ हजार १३८ पुरुष र ३९ हजार ९३८ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाताको संख्या अद्यावधि गरेर केन्द्रीय निर्वाचन आयोगमा पठाइएको दोहोरिएका मतदाताको नामावली सच्याएर फागुन १३ गरेर संशोधनसहित कार्यालयमा आइपुग्ने र त्यसपछि मतदाताको नामावली स्थानीय तहमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
















सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया