कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजारमा दुई धारा जडान गरी सर्वसाधारणलाई निःशुल्क पानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले अमरपुर–कलुवापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा धारा जडान गरी सर्वसाधारणको सहजताका लागि बजार क्षेत्रमा निःशुल्क खानेपानी धारा जडान गरेको हो ।
बजारमा दैनिक रूपमा आउने व्यवसायी, सेवाग्राही तथा यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै खानेपानीको व्यवस्था गरिएको सङ्घका अध्यक्ष राजेश धामीले बताए ।
अध्यक्ष धामीले बजार क्षेत्रमा खानेपानीको अभावका कारण सर्वसाधारणले पानी किनेर खानुपर्ने अवस्थालाई ध्यानमा राख्दै निःशुल्क धारा जडान गरिएको बताए ।
खानेपानीका धारा सञ्चालनमा आएपछि कलुवापुर बजार क्षेत्रमा पानी किनेर खानुपर्ने बाध्यता हटेको स्थानीयवासीले बताएका छन् । बजारमा दैनिक रूपमा आउने सर्वसाधारण, सवारी चालक, यात्रु तथा व्यापारीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ ।
गर्मीको समयमा अझ बढी आवश्यक पर्ने खानेपानी अब सहज रूपमा उपलब्ध भएपछि सर्वसाधारण खुसी भएका छन् । शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घले यसअघि पनि बजार क्षेत्रमा सरसफाइ, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको छ ।
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया