सोमबार, माघ ५, २०८२

गठबन्धनको बैठकपछि संसदमा एमसीसी पेश नगर्ने सहमति

मेरोन्यूज २०७८ फागुन ६ गते १२:१४

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आजको संसद बैठकमा पेश नहुने भएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी पेश नगर्ने सहमति भएको हो ।

भोलि शनिबार नेकपा एकीकृत समाजवादीको बैठकपछि आइतबार पुनः गठबन्धन बैठक बसेर निर्णय गर्ने भएसँगै एमसीसी संसदमा पेश नहुने भएको हो ।

संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

प्रतिक्रिया