शुक्रबार, फागुन २२, २०८२

माछापुच्छ्रे बैंकका तीन जनाको पद बढुवा

मेरोन्यूज २०७८ फागुन ६ गते १३:१६

काठमाडौँ । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । अधिकृत पदमा बढुवा भएका दुवै जनाले दुई दशकदेखि बैंकिङ्ग अनुभव लिइसकेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

माछापुच्छ्रे बैंकमा लामो समय उच्च व्यवस्थापनमा रही काम गरेका थापा बहु बैंकिङ्ग व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्वल मानिन्छन् । त्यस्तै, महाप्रबन्धक पदमा बढुवा भएका अर्यालले बैंकिङ्ग क्षेत्रमा करिब दुई अनुभव सगालेका छन् । उनीसँग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्राञ्च अपरेसन, माइक्रो फाइनान्सलगायत क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरणका मुख्य मापदण्डका तत्वले गर्दा बैंक बैंकिङ्ग क्षेत्रमा अब्वल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ्ग सुविधामार्फत सेवा प्रदान गदै आइरहेको छ । यस्तै, १५ सयभन्दा बढी कर्मचारीलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रतिक्रिया