एमसीसीबारे बोल्यो चीन: अमेरिकाको प्रतिरोध गर्ने चेतावनी

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीले गर्दा नेपालको राजनीति गिजोलिएकाबेला चीन आक्रामक देखिएको छ ।
अमेरिकाले नेपालमा एमसीसी पारित गराउन धम्कीपूर्ण कुटनीति गरिरहेको चीनले आरोप लगाएको छ । अमेरिकाले नेपाललाई समयसीमा नै तोकेर एमसीसी पारित गराउन दबाब दिएपछि चीनको परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिएको हो ।
‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’– शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने ।
अमेरिकाले आगामी फेब्रुअरी २८ तारिख अर्थात फागुन १६ सम्म एमसीसी पारित नगर्ने फिर्ता लैजाने चेतावनी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताउँदै आएका छन् । अमेरिकासँगको कुटनीतिक सम्बन्ध बिग्रिन नदिन भन्दै एमसीसी पास गर्ने प्रयासमा लागिरहेका छन् ।
नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने परराष्ट्र प्रवक्ता वाङले पत्रकार सम्मेलनमा स्पष्ट गरे ।
यता, नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका छन् ।














इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
काठको मुढाले च्यापिएर बालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया