सङ्क्रमण दर उच्च रहे पनि दक्षिण कोरियाले कोभिड नियन्त्रणका उपायलाई खुकुलो पार्ने

सङ्क्रमण फैलिन नदिन भनी एशियाली यस मुलुकले लिएका कडा क्वारेन्टाइन बस्नुपर्ने प्राबधानले साना व्यापारीहरूको व्यवसायलाई धराशायी बनाएको भन्दै राहतका लागि यो कदम चालिएको दक्षिण कोरियाली जनस्वास्थ्य तथा सामाजिककल्याण मन्त्रालयले जनाएको छ ।
दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ओमिक्रोन भेरिएन्ट द्रूत गतिमा फैलिएको भएपनि यो दिशानिर्देश मार्च १३ सम्म अर्थात् तीन हप्ता कायम रहनेछ । सुरूका दिनमा अन्य देशको तुलनामा कोभिड सङ्क्रमण दरलाई नियन्त्रण गर्न सफल दक्षिण कोरियामा कोभिडको ओमिक्रोन सङ्क्रमणले स्वास्थ्य क्षेत्रलाई विशेष चुनौति सिर्जना गरेको छ ।
तुलनात्मक रुपमा कम मृत्यु र अस्पतालमा भर्ना भएका समय पनि नौ हप्ताका लागि कडा सामाजिक दूरीसम्बन्धी गत नौ हप्ताका लागि गरिएको दिशानिर्देशले साना व्यवसाय र लगानीकर्तालाई आर्थिक दबाव परेको मन्त्रालयले बताएको छ ।
नयाँ निर्देशिकाअनुसार निजी जमघटका लागि अनुमति लिएका व्यक्तिको अधिकतम सङ्ख्या देशव्यापी रूपमा छ जनाको रहेको छ । तर व्यवसायीक घन्टे कर्फ्यु भने एक घण्टा लम्बिने छ । रेस्टुरेन्ट, क्याफे, भित्री खेलकुद भवन र कराओकेका साथै रात्रिकालीन मनोरञ्जनका साथै बार र रात्रिकालीन मनोरञ्जन सुविधाहरू स्थानीय समयको १०ः०० बजेसम्म खोल्न अनुमति दिइनेछ ।
शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख दुई हजार २११ जनामा कोभिड पुष्टि भएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब नौ हजारले कमी हो ।
यससँगै अहिलेसम्म कोभिड सङ्क्रमितको कूल सङ्ख्या १८ लाख ५८ हजारभन्दा पुगेको छ । गम्भीर अवस्थामा रहेका सङ्क्रमितहरूको सङ्ख्या करिब ४०० रहेको छ ।
















लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया