सत्ता गठबन्धन दलको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौँ । अमेरिकी सहायता मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा पेश गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहेका छन् ।
तर, दलहरु सहमति भएपछि मात्र टेबल गर्नु पर्ने अडानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।
बिहीबार साँझ प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए । तर, उनले प्रधानमन्त्रीसँग तीन ओटा मागको प्रस्ताव राखेका थिए ।
एमसीसीसँगको सहमतिअनुसार आगामी १६ गतेसम्म समयसीमा रहेको छ । गठबन्धनबीच बिहान १० बजे छलफल हुने बताइएको छ । यसअघिको बैठकमा नेकपा एसको आधिकारिक धारणा नआउँदा बैठक आजका लागि तय गरिएको थियो । नेकपा एसले शनिबार पार्टीको बैठक बसी एउटा निर्णय गर्ने पक्षमा रहेको छ ।















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया