‘मानव अधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

काठमाडौँ । कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि उल्लेख्य सुधार हुन सकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् ।
सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले शनिबार वीरेन्द्रनगर सुर्खेतमा सार्वजनिक गरेको वर्ष पुस्तक सन् २०२२ को तथ्याङ्कानुसार ३२० महिला र ७६ पुरुषमा गरी ३९६ ज्यादतिका घटनाबाट पीडित भएका छन् ।
त्यस्तै पीडित भएकामध्ये चार महिला र ३० पुरुष गरी ३४ पीडित रहेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिए । यो तथ्याङ्कमा विगतभन्दा केही सुधार भएको इन्सेकले निष्कर्ष निकालेको छ । सन् २०२० मा मानवअधिकार उल्लङ्घनका घटनामा सात महिला र ५१ पुरुषसहित ५८ जना पीडित भएका थिए । उक्त वर्षमा ज्यादतिका घटनामा ३३२ महिला र ९४ पुरुषसहित ४२६ पीडित भएका थिए ।
इन्सेकको तथ्याङ्कलाई आधार मान्दा प्रदेशको मानवअधिकारमा सामान्य सुधार आए पनि कारागारमा मृत्यु हुने, परिवारबाटै भएका हत्या र धम्कीका घटना भने बढी दर्ता भएको पाइन्छ । जातीय विभेदका घटना भने धेरै भएको देखिन्छ । सन् २०२१ मा दुई जनाको कारागारमा मृत्यु, २० महिला र १४ पुरूष गरी ३४ जनाको हत्या भएको र धम्कीका घटनाबाट १२ पीडित भएको इन्सेकको अभिलेखमा पाइन्छ ।
मानवअधिकार उल्लङ्घनका घटनाबाट यहाँका ८३ बालिका र एक बालकसमेत पीडित भएका जनाइएको छ । उल्लङ्घनका घटनामा सबैभन्दा बढी महिला पीडित भएको देखिएको संयोजक सुवेदीले बताए । यसअन्तर्गत महिला हिंसाका घटनामा २०५, बलात्कारमा ८०, बलात्कार प्रयासका घटनामा छ र यौन दुव्र्यवहारका घटनामा २९ गरी ११५ जना पीडित रहेको उनको भनाइ थियो ।
उनका अनुसार जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले व्यवस्थापनमा समस्या भएको पाइएको छ । दश जिल्लाका कारागारको क्षमता ६८६ हुनु पर्नेमा सन् २०२१ को अन्त्यमा एक हजार ९८ कैदीबन्दी कारागारमा रहेको इन्सेको तथ्याङ्कमा उल्लेख छ । कैदीबन्दीले न्यूनतम मानवअधिकारको उपभोग गर्न नपाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया