मंगलबार, माघ ६, २०८२

न्याय सेवा आयोगको बैठक बस्दै, यी विषयमा छलफल हुँदै

मेरोन्यूज २०७८ फागुन ८ गते ८:१९

काठमाडौँ । आज कायम मुकायम प्रधानमन्यायाधीश दीपकुमार कार्कीले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा आएसँगै गत असोजदेखि आयोगको बैठक बस्न सकेको थिएन ।

Advertisement
thakur moters insidethakur moters inside

पछिल्लो समय जबराविरुद्ध महाअभियोग दायर भएसँगै कार्की कामु प्रधानन्यायाधीश बनेको थिए । आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशको नाम सिफारिस, कर्मचारीको सरुवा, बढुवा जस्ता विषयमा छलफल हुने भएको छ ।

न्याय सेवा आयोगमा प्रधानन्यायाधीशसहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुने छन् ।

प्रतिक्रिया