गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु
काठमाडौँ । बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ ।
महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा २९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा आधुनिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरी काम सुरु गरिएको हो ।
करिब ११ करोड ४२ लाख लागतमा निर्माण हुने भवन आगामी विसं २०८० फागुन २९ गतेसम्म सम्पन्न गर्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता भएको महानगरका इञ्जीनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार भवन ४० हजार ४९२ स्क्वायर फिटमा रहनेछ । संघ सरकारको विशेष अनुदान र महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।
गत वर्षदेखि शिक्षालयले ‘डिप्लोमा इन अटोमोबाइल इञ्जीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जीनियरिङ’को तीनवर्षे कोर्षको पढाइ सञ्चालन गरेको हो । सिभिल इञ्जीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् । इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन ।
तीन वर्षे कोर्षका लागि हाल शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्तिको व्यवस्थासहित अध्यापन भइरहेको छ । शिक्षालयमा १० कोटा पूर्ण छात्रवृत्ति, छ वटा सहुलियत र ३२ कोटा खुलातर्फका रहेका छन् । यस वर्ष दुई प्राविधिक विषयको अध्यापन सुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्फका डिप्लोमा इन जियोमेटिक इञ्जीनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिए ।
सांसद खगराज अधिकारीले भवन शिलान्यास गर्दै आर्थिक विकासका लागि गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताए ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया