बिहीबार, वैशाख २४, २०८३

एमसीसीबारे प्रचण्डको प्रस्ताव कस्तो ?

मेरोन्यूज २०७८ फागुन ८ गते १२:०८

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेश गर्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीच सहमत भएको छ ।

Advertisement
NiccNicc

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँँच दलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गर्ने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट निस्किँदै उनले एमसीसी संसदमा पेश गर्ने बताएका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भए पनि लामो समयदेखि सदन अवरुद्ध हुँदा एमसीसी मात्रै पेश गर्नु उपयुक्त नहुने स्पष्ट पारेका थिए । उनले अरु कुनै विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने नै भए प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन प्रचण्डले आग्रह गरेका थिए । यस्तै, प्रधानमन्त्री एमसीसी टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहेका छन् ।

बैठकमा उपरोक्त स्थितिमा आआफ्नो विचारअनुसार एमसीसीबारे सदनमा छलफल गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया