बिहीबार, वैशाख २४, २०८३

प्रचण्डको नयाँ प्रस्ताव : एमसीसी प्रस्तावलाई छलफलको लागि समितिमा पठाऔं

मेरोन्यूज २०७८ फागुन ८ गते १२:१२

Advertisement
NiccNicc

काठमाडौं । अन्ततः लामो रस्साकस्सी र विवादका वीच अमेरिकी सहयोग नियोग मिलेनिमय च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा लैजान सत्तारुढ दल सहमत भएका छन् । विहान प्रधानमन्त्री निवास वालुवाटारमा सत्ता गठबन्धन दलको छलफलमा एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि लैजाने सहमति बनेको हो ।

सहमति अनुसार आजै दिउासो १ बजे बस्ने संसद बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले संसदमा एमसीसी सम्झौता अनुमोदकनका लागि टेबल गर्नेछन। उनले अघिल्लो सरकारले संसदमा पेश गरेको प्रस्ताव उत्तराधिकारी सरकारको रुपमा आजको संसद बैठकमा टेबल हुने बताएका हुन् ।

सत्ता गठबन्धन दलको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने सहमति भएपनि संसदीय प्रक्रियाका विषयमा भने दलका आ आफनै मत छन् । माओवादी केन्द्रले संसदमा टेबल हुने प्रस्ताव छलफलका लागि समितिमा पठाउनु पर्ने फरक मत राखेका छन् ।


प्रचण्डका स्वीकय सचिव रमेश मल्लले बालुवाटकार छलफलमा प्रचण्डले मूलत तीन वटा विषय राखेको वताए । उनका अनुसार, प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट राखेको बताए । तर प्रचण्डले प्रधानमन्त्रीलाई एमसीसी टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेको पनि बताए ।

अध्यक्षले प्रधानमन्त्रीलाइृ एमसीसी टेबल गरी छाडने हो भने टेबल गरेर छलफलका लागि समितिमा लैजान प्रस्ताव गर्नुभयो । तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ। यो स्थितीमा आ आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको छ ।

सत्ता गठबन्धन दलको यो निर्णयमा नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले भने असहमति जनाएका छन् । उनले अमेरिकी दवावसामु झुकेर सत्ता गठबन्धन दलका नेताहरुले यो निर्णय गरे होलान, त्यसमा आफनो सहमति नहुने बताएका छन् ।

प्रतिक्रिया