बिहीबार, वैशाख २४, २०८३

एमसीसीबारे संसदमा पेश हुन लागेको यस्तो छ प्रस्ताव (प्रस्ताव सहित)

मेरोन्यूज २०७८ फागुन ८ गते १२:३०

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुदान सम्झौता सदनमा अनुमोदनका लागि आज सरकारले टेबल गदैछ । कार्यब्यवस्था परामर्श समितिको बैठक पछि दिउँसो १ बजे बस्ने बैठकमाम सरकारका तर्फबाट एमसीसी सम्झौता सदनमा टेबल हुन लागेको हो ।

Advertisement
NiccNicc

ऊर्जा पूर्वाधार तथा सडक स्तरोन्नतिका लागि अमेरिकाले ५० करोड अर्थात् करिब ५७ अर्ब रुपैयाँ र नेपालको १३ करोड डलर अर्थात् १५ अर्ब ९६ करोड रुपैयाँ राखेर ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७४ भदौ २९ गते एमसीसी परियोजनामा नेपाल र अमेरिकाबीच कम्प्याक्ट सम्झौता भएको थियो ।

सम्झौतालाई नेपालले संसद्बाट अनुमोदन गर्नुपर्ने पूर्वसर्त सम्झौता गर्दाका खत नभएपनि पछि केपी ओली नेतृत्वको सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले अतिरिक्त सम्झौता गरेका थिए । त्यसपछि ओली नेतृत्वको सरकारले सम्झौता अनुमोदनका लागि २०७६ असार ३० मा सदनमा दर्ता गराएको थियो । तर ओली सरकारले संसदमा अनुमोदन गराउन लैजाने निर्णय भने २०७५ माघ २५ मै गरेको थियो ।

विधयेक शाखामा अलपत्र प्रस्ताव यस्तो थियो । जो अहिले संसदमा पेश हुँदैछ ।

प्रतिक्रिया