प्रहरीद्वारा अश्रु ग्यास प्रहार, नयाँबानेश्वर क्षेत्र तनावग्रस्त
मेरोन्यूज
२०७८ फागुन ८ गते १३:५१

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा उत्रिएका सर्वसाधरणले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौंको नयाँबानेश्वर संसद भवन नजिक आन्दोलन भएसँगै यो क्षेत्र तनावपूर्ण भएको हो ।
प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँस र पानीको फोहोरा हानेको हो । केही प्रदर्शनकारी घाइते भएका छन् ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात अवस्था प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेसँगै आन्दोलन थप उत्कर्षमा पुगेको हो ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया