प्रहरीद्वारा अश्रु ग्यास प्रहार, नयाँबानेश्वर क्षेत्र तनावग्रस्त
मेरोन्यूज
२०७८ फागुन ८ गते १३:५१

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा उत्रिएका सर्वसाधरणले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौंको नयाँबानेश्वर संसद भवन नजिक आन्दोलन भएसँगै यो क्षेत्र तनावपूर्ण भएको हो ।
प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेको भन्दै प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँस र पानीको फोहोरा हानेको हो । केही प्रदर्शनकारी घाइते भएका छन् ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात अवस्था प्रभावित भएको छ । एमसीसी संसदमा टेबुल गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेसँगै आन्दोलन थप उत्कर्षमा पुगेको हो ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया